
काठमाडौँ । दशैँ सुरु हुन १० दिन अघिदेखि सरकारले यो वर्षको सहुलियतपूर्ण पसल सञ्चालन गर्न लागेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विगत झैँ असोज ७ गतेदेखि दशैँ , तिहार र छठ पर्वमा जनताका लागि सहुलियतपूर्ण सुपथ मूल्यको पसल सञ्चालन गर्न लागेको हो ।
उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ ।
चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सरकारले हरेक वर्ष सहुलयितपूर्ण पसल सञ्चालन गर्दै आएको छ । बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । यस वर्ष सहुलियत पसलको संख्या गत वर्षको तुलनामा बढ्ने अपेक्षा गरिएको छ । गत वर्ष ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालन गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij