Logo

May 16 2025 | २०८२, जेठ ४गते

May 16 2025 | २०८२, जेठ ४गते

images

आज नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा ,सोमबारको भन्दा मंगलबार २ अर्ब बढीले कारोबार घट्यो

आज नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा ,सोमबारको भन्दा मंगलबार २ अर्ब बढीले कारोबार घट्यो

  • काठमाडौँ । साताको तेस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ। आज मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा झरेको छ।

    नेप्से यसअघि आइतबार २५.४६ र सोमबार ५५.८६ अंकले घटेको थियो। यसैगरी गत साता बुधबार ९०.७२ र बिहीबार १२.१० अंकले घटेको थियो। मंगलबार ट्रेडिङ बाहेकका सबै समूह घट्दा बजार सूचक झरेको हो ।

    ९ कम्पनीको शेयर  मूल्यमा स्थिर रहेको बेला १६९ कम्पनीको शेयर  मूल्य घटेको छ भने ६७ कम्पनीको शेयर  मूल्य बढेको छ। सोमबारको तुलनामा शेयर कारोबार पनि घटेर गएको  छ । सोमबार ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । मंगलबार कारोबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको मात्र कारोबार भयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij