Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 306
    Shares

  • अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

    काठमाडौँ।  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिनुभएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

    आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता हुन्भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको थियो । (रासस)

    प्रतिक्रिया दिनुहोस