Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कोइकाद्वारा बर्दियाको समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 237
    Shares

  • कोइकाद्वारा बर्दियाको समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

     

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर ९ १ अर्ब ७ करोड ० सहयोग गरेको छ। कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडीपी) मा  कोरिया गणतन्त्र सरकारको तर्फबाट देशीय निर्देशक मोह्युन कोङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका हुन् ।

    कोरिया सरकारले कोइकामार्फत परियोजनाका लागि ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ७ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह हुनेछन् ।

    यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्धन गर्नु हो ।

    कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले विशेषगरी ग्रामीण क्षेत्रका समुदायको उत्थानमा कृषि उत्पादकत्व अभिवृद्धिको महत्त्वका बारेमा छलफल गरेका थिए ।

    उनले कोरिया गणतन्त्र सरकारप्रति आभार प्रकट गर्दै यस साझेदारीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले यस परियोजनाको सफल कार्यान्वयनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए ।

    कार्यक्रममा कोङले यो परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताए । उनले नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयनको स्मरण गर्दै नवलपरासीबाट सिकेका पाठलाई समीक्षा गर्दै बर्दियाको परियोजनाले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

    कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६(२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । जसबाट नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

    कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरण समेत गरिएको थियो । राजदूत ताय–योङ पार्कले दुई देशबीचको समानताको चर्चा गर्दै विकास सहयोगका लागि नेपाल प्राथमिकतामा रहेको देश भएको बताए । उनले यस परियोजनाले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस