Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

अमन कन्स्ट्रक्सनले चार वर्षसम्म काम नगरेपछि बबई सिँचाइ आयोजनाले ठेक्का तोड्ने प्रक्रिया बढायो

अमन कन्स्ट्रक्सनले चार वर्षसम्म काम नगरेपछि बबई सिँचाइ आयोजनाले ठेक्का तोड्ने प्रक्रिया बढायो

  • काठमाडौँ ।अमन कन्स्ट्रक्सनले  बबई सिँचाइ आयोजनाको काम चार वर्षसम्म केही काम नगरेपछि सो ठेक्का सम्झौता तोडिने भएको छ । बबई सिँचाइ आयोजनाले बुधबार एक सूचना जारी गरी ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो ।

    अमन कन्स्ट्रक्सनले आयोजनाका ६ वटा खण्डको काम अलपत्र पारेको जनाउँदै ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको सूचनामा  जनाइएको हो ।ठेक्का नतोड्न कुनै कारण भएमा १५ दिनभित्र कारण पेस गर्न अमन कन्स्ट्रक्सन कम्पनीलाई निर्देशन पनि दिइएको छ।

    आयोजनाका विभिन्न ६ वटा खण्डको काम गर्न २०७७ मा नै सम्झौता गरेको भएपनि  कम्पनीले ४ वर्ष बित्न लाग्दा केही पूरा काम नभएको जनाइएको छ ।कम्पनीले सम्झौता बमोजिम केही खण्डको काम सुरु गरेको जस्तो देखिएपनि ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको आयोजनाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij