Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

तीन वर्षमा झापाबाटकरिब पौने १४ करोड बिलबीजक बिनाका मालवस्तु समातिए

तीन वर्षमा झापाबाटकरिब पौने १४ करोड बिलबीजक बिनाका मालवस्तु समातिए

  • भद्रपुर। स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबीजक नभएका सामान बरामद गरेको छ।जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो। गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्‍न सवारीसाधन नियन्त्रणमा लिइएको छ।

    प्रहरीले आव २०७८/७९ मा ४ करोड ५ लाख ६ हजार १ सय ८१ रुपैयाँ, आव २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार ३ सय ६४ रुपैयाँ र आव २०८०/८१ मा ५ करोड ७० लाख ४६ हजार ४ सय ८८ रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको हो।

    प्रवक्ता चन्दका अनुसार प्रहरीले ३ वर्षमा १ करोड ७८ लाख ९७ हजार ८ सय ४६ रुपैयाँ मूल्यका ४ हजार २ सय ८९.४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ। प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो।प्रहरीले आव २०७८/७९ मा १ हजार २ सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा २ हजार ४ सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५ सय ४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो। रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij