Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बैंकिङ प्रणालीको अधिक तरलताले डुब्न लागेको बैंकहरूको मुनाफा


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 402
    Shares

  • बैंकिङ प्रणालीको अधिक तरलताले डुब्न लागेको बैंकहरूको मुनाफा

    काठमाडौँ । बैंकिङ प्रणालीको अधिक तरलताले बैंकहरूको मुनाफा डुब्न लागेको देखिएको छ ।चालु आर्थिक वर्षका दुई महिनामा बैंकिङ क्षेत्रबाट  अधिक तरलता सोसेर नेपाल राष्ट्र बैंकले करिब ५ खर्ब रुपैयाँ खिचेर लाँदा बैंकहरूबाट हुन सक्ने लगानी डुबेको हो ।आर्थिक गतिविधिमा तीव्रता भएको भए, उत्पादनमूलक क्षेत्रको उत्पादन बढेको भए , निर्यात अभिवृद्धि भएको भए तरलताको अधिकता बैंकिङ प्रणालीमा लगानीको रूपमा उपयोग हुने थियो । 

    तर त्यस्तो देखिएन । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ तानेको हो ।केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न समय समयमा बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने गर्छ । राष्ट्र बैंकले त्यसै अनुरुप साउनमा ४ पटकमा १ खर्ब ७० अर्ब रुपैयाँ र भदौमा ६ पटकमा ३ खर्ब २० अर्ब रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूबाट ४ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप खिचेको हो ।

    राष्ट्र बैंकले साउनमा तानेको निक्षेपको ब्याज र साँवा भुक्तानी गरिसकेको छ । राष्ट्र बैंकका अनुसार साउन २ गते तानेको ५० अर्बको साँवा र ब्याज साउन २३ गते फिर्ता गरिसकेको छ । यस्तै, साउन ९ गते ४० अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले ब्याज र साँवा रकम साउन ३० गते फिर्ता गरेको थियो । साउन १६ गते संकलन गरेको ४० अर्ब रुपैयाँ निक्षेपको भुक्तानी फिर्ता भदौ ५ गते र साउन २३ गते खिचेको ४० अर्ब रुपैयाँको भदौ १२ गते फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ ।बजारबाट लगानीका लागि रकम माग नहुँदा बैंकिङ प्रणालीमा तरलता बढ्न जाने गरेको छ । आर्थिक गतिविधि बढेर जाँदा हुने असल लगानीबाट प्रतिफल राम्रो हुने गर्छ । माग बढ्दा ब्याजदरमा वृद्धि हुन्छ । यसबाट बैंकिङ प्रणालीको मुनाफामा वृद्धि हुने गर्छ ।

    चालु आर्थिक वर्षको पहिला दुई महिनामा ५ खर्ब जति तरलता राष्ट्र बैंकलाई तान्न पर्ने अवस्थाका कारण बैंक तथा वित्तीय क्षेत्रको मुनाफा अधिक तरलतामा डुब्न पुगेको कतिपयको विज्ञहरूको भनाइ रहेको छ ।सरकारले अर्थतन्त्र चलायमान बनाउने चलायमान बनाउने भनेर मात्र नहुने वास्तवमै चलायमान बनाउनुपर्ने आवश्यकता रहेको उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस