Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द

अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द

  • काठमाडौँ ।  अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द गरिएको छ ।कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको हो ।अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर कम्पनी रजिस्ट्रारको कार्यालयले सेवा बन्द गरेको हो ।

    कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेकोमा  यस विरुद्ध अदालतमा मुद्दा परेको थियो ।अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न÷नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन सेवाका सबै काम रोकिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij