Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 141
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  भदौ २६ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

    सिरहा ।  सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ । 

     

    उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो ।  त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् । 

    उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । “उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भन्नुभयो, “त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।”

    ‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
         
    भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताउनुभएको हो ।
         
    पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँ उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
         
    “हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ ।”
    शेयर बजार : नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१  बिन्दुमा, ६ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१  बिन्दुमा आएको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।१३ मध्ये ३ वटा समूहका सूचकमात्र हरियो भएको छ । 

     

    यस दिन ३१७ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज ३४ करोड ७३ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र ग्रीनलाइफ हाइड्रोपावर परेका छन् ।

     

    हिमाल दोखला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    अब दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरि शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटलले गर्नेछ ।

    हिमालय ऊर्जाको हकप्रद सेयर बाँडफाँट

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर मंगलबार भदौ २५ गते बाँडफाँट भएको छ । यस कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ताका लागि मात्र आवेदन परेको छ । 

    यसआधारमा १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर हिमालय ऊर्जाले अब लिलामीमा ल्याउनेछ ।

    समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

    काठमाडौँ ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर ९रु एक  अर्ब ७ करोड० प्रदान गर्ने भएको  छ । 

     

    कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना ९आइआरडिपी० का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया  सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका गर्नुभयो । कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुनेछन् ।

    काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ ।

     

    नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।

     

    रतनपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

    अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

    काठमाडौँ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी  शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ । 

     

    विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो ।

    आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।

    विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

     

    यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ ।

     

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

    जनकपुर यातायात कार्यालयबाट ३५ हजारले चालक अनुमतिपत्र लिन बाँकी

    जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० प्राप्त गर्न सकेका छैनन् ।  सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि यहाँ नयाँ अनुमतिपत्र, नवीकरण तथा प्रतिलिपिका लागि निवेदन दिएकाहरूले स्मार्ट लाइसेन्स छापेर नआउँदा यस्तो समस्या भोग्नुपरेको हो । 

     

    विगत अढाइ वर्षदेखि अनुमतिपत्र उपलब्ध गराउन नसकिएको  कार्यालयको प्रशासन शाखाले जनाएको छ । यहाँ अनुमतिपत्रका लागि वार्षिक १० हजार व्यक्ति थपिइरहेका छन्् । चालकले  कार्यालयबाट काटेको रसिद तथा अन्य प्रमाणको आधारमा सवारीसाधन चलाइरहेका छन् ।

    प्राप्त विवरणअनुसार चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट कायालयले गत आर्थिक वर्ष २०८०र८१ मा  रु ६३  करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

    तनहुँको आबुखैरेनीमा बस खस्यो, ११ जना घाइते

    तनहुँ ।तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ । बुधबार दिउँसो आबुखैरेनी गाउँपालिकास्थित वडा नम्बर २ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन्।

     


    तीमध्ये ९ जनाको अवस्था सामान्य रहेको छ भने २ को अवस्था मध्यम रहेको छ । उक्त बसमा १५ जना सवार रहेका थिए । दुर्घटना हुने ग १ ख ९४०२ नम्बरको बस पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।

    तनहुँ प्रहरीका अनुसार बस नयाँ र पुरानो दुई वटा पुलको बीचबाट तल खहरेमा खोल्सामा खसेको हो ।

    बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । 

     

    महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो । उहाँले मौसमको यस्तोस्थिति  तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

    प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

    काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ ।

     

    सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो ।

     

         सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उहाँले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको थियो ।

    बैंकिङ प्रणालीको अधिक तरलताले डुब्न लागेको बैंकहरूको मुनाफा

    काठमाडौँ । बैंकिङ प्रणालीको अधिक तरलताले बैंकहरूको मुनाफा डुब्न लागेको देखिएको छ ।चालु आर्थिक वर्षका दुई महिनामा बैंकिङ क्षेत्रबाट  अधिक तरलता सोसेर नेपाल राष्ट्र बैंकले करिब ५ खर्ब रुपैयाँ खिचेर लाँदा बैंकहरूबाट हुन सक्ने लगानी डुबेको हो ।आर्थिक गतिविधिमा तीव्रता भएको भए, उत्पादनमूलक क्षेत्रको उत्पादन बढेको भए , निर्यात अभिवृद्धि भएको भए तरलताको अधिकता बैंकिङ प्रणालीमा लगानीको रूपमा उपयोग हुने थियो । 

     

    तर त्यस्तो देखिएन । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ तानेको हो ।केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न समय समयमा बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने गर्छ । राष्ट्र बैंकले त्यसै अनुरुप साउनमा ४ पटकमा १ खर्ब ७० अर्ब रुपैयाँ र भदौमा ६ पटकमा ३ खर्ब २० अर्ब रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूबाट ४ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप खिचेको हो ।

    ५ लाख स्वास्थ्य बीमा पु¥याउन बीमितबाट २० हजार संकलन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डको राय

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पु¥याउन सरकारलाई राय पेश गरेको छ । ५ लाख रुपैयाँ बीमांक पु¥याउन बीमितबाट कति बीमा शुल्क संकलन गर्नुपर्ने राय माग भएको जवाफमा २० हजार संकलन गर्नुपर्ने राय बोर्डले सरकारलाई दिएको हो ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पु¥याउने घोषणा गरेको विषयमा राय मागेको थियो ।

     मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले यर्थाथपरक मूल्यांकन ( एक्चुरियल भ्यालुएसन) गराएर राय दिइएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले जानकारी सार्वजनिक गरेका हुन् ।

    नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीले संविधानप्रदत्त नागरिकको हकहित र अधिकार वञ्चित हुने तथा पश्चवर्ती प्रभाव हुनेगरी आएको सो फैसलाका आदेश तत्काल सच्च्याउने प्रक्रिया थाल्न सरकारसँग आग्रह गरेको हो ।
           
     सर्वोच्च अदालतले गत पुसमा काठमाडौँका प्रमुख नदी बागमती र विष्णुमती तथा यसका सहायक नदी किनारमा यसअघि निर्धारित मापदण्डमा २०÷२० मिटर थप गरी नयाँ संरचना बनाउन नपाउने गरी निर्माण निषेधित क्षेत्र तोक्न आदेश दिएको थियो । उक्त फैसलाको कार्यान्वयनबाट उपत्यकाका लाखौँ परिवारले आफ्नो घरबार, सम्पत्ति वा सम्पत्तिको मूल्य र औचित्य गुमाउने, धेरै परिवार घरबारविहीन, सम्पत्तिविहीन र सुकुम्वासी बन्ने अवस्था सिर्जना हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई बताउनुभयो ।

    कर नीति र प्रशासनमा सुधारका लागि सरकारद्वारा आन्तरिक राजस्व परिचालन रणनीति २०८१ जारी

    काठमाडौँ । सरकारले पाँच वर्षसम्मका लागि आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्म मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरिएको हो ।राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय गर्न तयार पारिएको यो रणनीतिले अर्थ–सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकांक्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।

     

    आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको जनाउँदै अर्थ मन्त्रालयले यसको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवद्र्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नु रहेको छ जनाएको छ ।सरकारको कोषमा स्थायित्व कायम गरी  बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान यो रणनीतिले दिने अपेक्षा छ ।

    रकम लिएर मानिस विदेश पठाउन ठगी गरेको आरोपमा कलाकार शंकर सुलेमान इकु पक्राउ

    काठमाडौँ । प्रहरीले कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ परेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँको हात्तीगौँडाबाट पक्राउ गरेको हो।

     

    ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न व्यक्तिलाई कलाकार बनाएर विदेश लैजाने भनी रकम ठगी गरेको उजुरी परेकोे आधारमा पक्राउ गरिएको छ ।  क्यानडा, अमेरिका र युरोपका देशहरुमा रकम लिई पठाउने भनी एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको देखिएको विषयमा अनुसन्धान गर्न इकुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    मुद्रास्फीति मापन गर्ने आफ्नो विधिमा परिवर्तन गर्दै राष्ट्र बैंक , सरकारका अन्य निकायका तथ्यांक उपयोग गर्ने नीति

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले  मुद्रास्फीति(महँगी) गणना गर्न आफ्नो ५० वर्ष पुरानो विधिमा फेरबदल गरेको छ ।आफैले पारिवारिक बजेट सर्वेक्षण गरी निकाल्दै आएको मुद्रास्फिती गणना प्रक्रियामा फेरबदल गरी राष्ट्रिय तथ्यांक कार्यालयले निकाल्ने पारिवारिक बजेट सर्वेक्षणको उपयोग गर्ने भएको हो ।

     

    केन्द्रीय बैंकले मुद्रास्फीति गणनाका निमित्त निकालिने उपभोक्ता मूल्य सूचकांक र मुद्रास्फीतिमा यसको भार मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणको तथ्यांकलाई उपयोग गर्ने जनाएको छ ।राष्ट्र बैंकले ५ दशकदेखि पारिवारिक बजेट सर्वेक्षण गरी वस्तु तथा सेवाको  बास्केट  र भार निर्धारण सहित भारित उपभोक्ता मूल्य सूचकांक(वेटेड कन्ज्युमर प्राइस इन्डेक्स) प्रकाशन गर्दै आएको छ ।

    आर्थिक वर्ष २०२९÷३० मा नेपाल राष्ट्र बैंकले पहिलो पारिवारिक बजेट सर्वेक्षण गरेको थियो । त्यसपछि उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा भइरहने  परिवर्तनलाई समावेश गर्न नेपाल राष्ट्र बैंकले हरेक १०÷१० वर्षमा पारिवारिक बजेट सर्वेक्षण गर्दै आएको छ ।  उपभोक्ताको आम्दानी र खर्चको यथार्थ आँकडाका आधारमा भारांक परिवर्तन हुँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०४२÷४३ मा दोस्रो, आर्थिक वर्ष २०५२÷५३ मा तेस्रो र आर्थिक वर्ष २०६२÷६३ मा चौथो पारिवारिक बजेट सर्वेक्षण गरेको थियो ।

    दशैँका लागि सुकिला नोटको सटही असोज १३ गतेदेखि सुरु हुने

    काठमाडौँ । दशैँका लागि नयाँ नोटको ठाउँमा सुकिला नोटको सटही १३ असोजदेखि सुरु हुने भएको छ ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको हो ।

     

    यसपटक दशैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले जानकारी सार्वजनिक गरेका हुन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ बराबरको सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट सहटही गर्दै आएको थियो । यो वर्ष नयाँ नोट नछापी एकपटक प्रयोग भइसकेका सुकिला नोट साट्न लागेको हो । एकपटक प्रयोगमा आएका सफा नोट  नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलको भनाइ छ ।

     

    काठमाडौँ । दशैँका लागि नयाँ नोटको ठाउँमा सुकिला नोटको सटही १३ असोजदेखि सुरु हुने भएको छ ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको हो ।

     

    यसपटक दशैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले जानकारी सार्वजनिक गरेका हुन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ बराबरको सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट सहटही गर्दै आएको थियो । यो वर्ष नयाँ नोट नछापी एकपटक प्रयोग भइसकेका सुकिला नोट साट्न लागेको हो । एकपटक प्रयोगमा आएका सफा नोट  नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलको भनाइ छ ।

    अमन कन्स्ट्रक्सनले चार वर्षसम्म काम नगरेपछि बबई सिँचाइ आयोजनाले ठेक्का तोड्ने प्रक्रिया बढायो

    काठमाडौँ ।अमन कन्स्ट्रक्सनले  बबई सिँचाइ आयोजनाको काम चार वर्षसम्म केही काम नगरेपछि सो ठेक्का सम्झौता तोडिने भएको छ । बबई सिँचाइ आयोजनाले बुधबार एक सूचना जारी गरी ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो ।

     

    अमन कन्स्ट्रक्सनले आयोजनाका ६ वटा खण्डको काम अलपत्र पारेको जनाउँदै ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको सूचनामा  जनाइएको हो ।ठेक्का नतोड्न कुनै कारण भएमा १५ दिनभित्र कारण पेस गर्न अमन कन्स्ट्रक्सन कम्पनीलाई निर्देशन पनि दिइएको छ।

    आयोजनाका विभिन्न ६ वटा खण्डको काम गर्न २०७७ मा नै सम्झौता गरेको भएपनि  कम्पनीले ४ वर्ष बित्न लाग्दा केही पूरा काम नभएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस