Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

पूर्वाधार विकास गरिरहँदा जलवायु परिवर्तनलाई ध्यान दिनुपर्ने परिसंघको आग्रह

पूर्वाधार विकास गरिरहँदा जलवायु परिवर्तनलाई ध्यान दिनुपर्ने परिसंघको आग्रह

  • काठमाडौँ ।उद्योगी व्यवसायीहरूले पूर्वाधार विकास गरिरहँदा जलवायु परिवर्तनलाई ध्यान दिनुपर्ने बताएका छन् ।बिहीबारदेखि काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधार विकास गरिरहँदा जलवायु परिवर्तनलाई ध्यानदिनु पर्ने बताएका हुन् ।

    हरित परियोजनालाई प्राथमिकता दिनुपर्ने बताउँदै अग्रवालले दिगो विकासमा जलवायु परिवर्तनको विषयमा नेपालले गम्भीरता देखाउनुपर्ने बताए ।ग्रीन बण्डसहितको लगानीका औजार प्रयोग गरी पूर्वाधार लगानी अगाडि बढाउनुपर्नेमा जोड दिँदै परिसंघका अध्यक्ष अग्रवालले नेपाल स्वच्छ ऊर्जा उत्पादन गर्ने राष्ट्र भएको र वातावरणलाई कम क्षति हुने परियोजना अघि बढाउन ढिलो गर्न नहुने बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij