काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ ।
प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो ।