Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सीइडीबी हाइड्रोपावरले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने , साधारण सभा असोज २१ गते


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 60
    Shares

  • सीइडीबी हाइड्रोपावरले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने , साधारण सभा असोज २१ गते

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले अघिल्लो २ आर्थिक वर्षको  नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।

    यता, उक्त प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस