Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बजारमा अधिक तरलताको व्यवस्थापन गर्न एक खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 66
    Shares

  • बजारमा अधिक तरलताको व्यवस्थापन गर्न एक खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं ।बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।

    राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । बैंकहरुमा अधिकत तरलता भएपछि राष्ट्र बैंकले आज एक खर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले पटक पटक यसरी नै बैंकहरुबाट पैसा तान्दै आएको छ ।

    बोलकबोलमा बैंकहरुले घटीमा १० करोड  रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । २१ दिन पछि अर्थात् आगामी असोज २० गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । अहिले कर्जाको माग न्यून हुदाँ अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ । 

    अहिले बैंक तथा वित्तिय संस्थामा ६४ खर्ब ९६ अर्ब रुपियाँ निक्षेप छ । 

    प्रतिक्रिया दिनुहोस