Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

भन्सार एजेन्ट महासंघ नेपाल र राष्ट्रिय भन्सार एजेन्ट परिषदबीच एकताको महाधिवेशन सम्पन्न, प्राचीन थैवको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भन्सार एजेन्ट महासंघ नेपाल र राष्ट्रिय भन्सार एजेन्ट परिषदबीच एकताको महाधिवेशन सम्पन्न, प्राचीन थैवको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • काठमाडौँ । भन्सार एजेन्ट महासंघ नेपाल र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच एकता महाधिवेशन भई भन्सार एजेन्ट महासंघ नेपालको १४ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।काठमाडौंँमा सम्पन्न महासंघको साधारण सभाले प्राचीनकुमार थैव(सिद्धार्थनगर)को अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।

    प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कृष्ण धितालका अनुसार वरिष्ठ उपाध्यक्षमा काशीराज उपाध्याय वीरगञ्ज, प्रथम उपाध्यक्ष विष्णुमणि खनाल उपाध्याय(काठमाडौँ), द्वितीय उपाध्यक्ष शिशिर बहादुर गौतम(काठमाडौंँ), तृतीय उपाध्यक्ष समिर विष्ट, महासचिव भोलानाथ अर्याल, सचिवमा माधवनाथ सापकोटा(चोभार) र प्रवीण जोशी(विराटनगर), कोषाध्यक्ष असीम न्यौपाने(सिद्धार्थनगर) रहेका छन् ।

    534bef04-d640-426f-802e-a2adc81f3fe5.jpg

    दुई जना मनोनित हुने गरी आठ जना कार्यसमिति सदस्यहरूमा होमनाथ धमला(काठमाडौँ), गुडिया पौडेल( विराटनगर)सन्तोष पोखरेल( काठमाडौं) उमेश घिमिरे(काठमाडौँ),  निशान गौतम(काठमाडौँ) नवीन महतो , सोमनाथ खडाल  र सुदिप कार्की  रहेका छन् । थैवको नेतृत्वमा गठित नयाँ कार्यसमिति  महासचिव , उपाध्यक्ष  र ३ सदस्य गरी पाँच जना राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबाट प्रतिनिधित्व गर्ने गरी भन्सार एजेन्ट महासंघ नेपालको नयाँ कार्य समिति गठन भएको भन्सार एजेन्ट चन्द्र थापा मगरले जनाएका छन् । पाँच जना सदस्य पद मध्ये  होमनाथ धमलाले सबै भन्दा बढी मत ल्याएर जित हात पारेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij