Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 93
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ३० आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ ।

     

    नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासायी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।”

    अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ ।
    आयोगले आर्थिक वर्ष २०८०र८१ मा विशेष अदालतमा कुल दुई सय एकवटा मुद्दा दर्ता गरेको छ । त्यसमा गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चारवटा छन् ।
    राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०र८१० पेस गर्नुभएको थियो ।

    सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

     

    कम्पनीले आइतवार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्थाअनुसार आर्थिक वर्ष २०८१/०८२ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई आग्रह गरेको हो ।

    सूचनाअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूले असोज मसान्तभित्र ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नवीकरण शुल्क बुझाउनु पर्नेछ ।

    मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

    काठमाडौँ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । 

     

    उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।”

    नेसनल लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  नेसनल लघुवित्तले आजदेखि ५३ हजार ९१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा ५०.७३ अंकले घटेर २६३७.३९  बिन्दुमा, १० अर्ब ३३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५०.७३ अंकले घटेर २६३७.३९  बिन्दुमा आएको छ । आज १० अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन सबै समूहका सूचक घटेका छन् । 
    आज  ३२४ कम्पनीको २ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड ३८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    सिईडिबि हाईड्रोपावरले ११ प्रतिशत बोनस शेयर जारी गर्ने , साधारण सभा असोज २१ गते

    काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर वितरण पछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ ।बोनस र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

     

    कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र ११ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ९३ करोड १७ लाख ४५ हजार रुपैयाँ छ ।

    बजारमा अधिक तरलताको व्यवस्थापन गर्न एक खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं ।बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।

     

    राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । बैंकहरुमा अधिकत तरलता भएपछि राष्ट्र बैंकले आज एक खर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले पटक पटक यसरी नै बैंकहरुबाट पैसा तान्दै आएको छ ।

    आज  माण्डु हाइड्रोपावर र २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । आज भदौ ३० गते आइतबार १ हाइड्रोपावर र २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी ३ वटै कम्पनीको लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय भएको छ । तसर्थ, आजसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

    माण्डु हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यस हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

    आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ । 

     

    त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ । 

     

    त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    चितवनमा गुणस्तरीय इँटा उत्पादन हुँदै आएको  ४४ इँटा उद्योग बन्द

    चितवन । गुणस्तरीय इँटा  उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

     

    नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । उहाँले भन्नुभयो, “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उहाँले हजारौ मजदुरको रोजिरोटी बन्द भएको र करोडौ रुपैयाँ उद्योगले नोक्सान बेहोरेको बताउनुभयो ।

     

    चितवनको इँटा राम्रो इँटाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इँटा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ । सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

    सुनको भाउ आज फेरि नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५६ हजार ८०० रुपैयाँ

    काठमाडौं ।  आज  फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।


    भदौ २८ गते छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको शिष्टाचार भेट

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले शिष्टाचार भेट गर्नुभएको छ ।

     

    लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटघाटमा उहाँहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो । साथै उहाँले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिनिधिसभा बैठक स्थगन, भोलि १ बजे बस्ने

    काठमाडौँ ।प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
     
            आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो ।
     
            प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा ९माओवादी०को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो ।

    सहरी कृषि सम्बन्धी अध्ययनले संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि नयाँ दृष्टिकोण दिने

    काठमाडौं । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न शहरहरूमा लोकप्रिय बन्दै गएको छ, र यसका धेरै सफल उदाहरणहरू छन्। विश्वका मुख्य शहरहरूमा सहरी कृषि अभ्यास गर्ने कारणहरूमा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन । तर सहरी कृषिले दिगो विकास लक्ष्यहरू मा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको एक अध्ययनले देखाएको छ ।

     

    ग्रोनिन्जेन विश्वविद्यालयका डा। प्रजल प्रधानको नेतृत्वमा नौ जना सहकर्मीहरूसहितको विश्वव्यापी अध्ययनले सहरी कृषिले दिगो विकास लक्ष्यहरू ९क्म्न्क० लाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरिएको छ ।यस अनुसन्धानले विश्वभरिका लगभग चौध सय ५०  प्रकाशनहरूको समीक्षा गरी सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरिएको छ ।  अध्ययनको नतिजा सेल रिपोर्ट सस्टेनेबिलिटी जर्नलमा प्रकाशित भएको छ।

    जापानी ब्रान्ड पाइलट पेनको आधिकारिक  बिक्रेता फेयर ट्रेड प्रालिद्वारा राजस्व छली

    काठमाडौँ । काठमाडौंँको झोछेँ वसन्तपुर ठेगाना भएको  फेयर ट्रेड प्रालिले राजस्व छलेको पाइएको छ । पाइलेट ब्रान्डका विभिन्न पाइलेट पेन, पाइलट लाइनर, पाइलट मार्कर र पाइलट ग्लु तथा डुप्लेक्स पेपर र अन्य करोबारमा ठुलो मात्रामा राजस्व छली गरिरहेको पाइएको हो ।  जापानी ब्रान्ड पाइलट पेनको आधिकारिक वितरक फेयर ट्रेड प्रालिले  विगत लामो समयदेखि एक सय पचास भन्दा बढी  विभिन्न किसिमका पाइलट पेनको थोक र आफ्नै शोरूमबाट खुद्रा बिक्री वितरण गर्दै आएको छ ।फेयर ट्रेडले विभिन्न पाइलट पेन तथा अन्य स्टेशनरीजन्य वस्तुहरूको कारोबारमा भ्याट , भन्सार र अन्य शीर्षकहरूमा राजस्व छल्दै आएको स्रोतले बताएको छ ।

     

    फेयर ट्रेडका रामगोपाल पायलका अनुसार कम्पनीले १५ रूपैयादेखि ५०÷६० हजारसम्मका विभिन्न भेराइटीका पेनहरू बिक्री वितरण गर्दै आएको छ । उनले पाइलट ब्रान्डका पेनहरू सिधै जापानबाट आउने बताएपनि पाइलट ब्रान्डका विभिन्न पेनहरू तथा अन्य ग्लु डुप्लेक्स पेपर हंगकंगका निर्यातकर्ताले नेपालको फेयर ट्रेडलाई पठाएको बताइन्छ ।
    पाइलट ब्रान्डका विभिन्न किसिमका पेनहरूको मूल्य वास्तविक पर्ने मूल्य भन्दा बढीमा बिक्री गर्ने र कमको भ्याट बिल दिएर राजस्व छली गरिरहेको बताइएको छ ।बजारमा १ सय ६०रुपैयाँमा किन्न पाइने हाइटेक पाइलट पेनको एमआरपी १ सय ३५ रुपैया फेयर ट्रेडले राखेको छ । यसको वास्तविक मूल्य बढीमा असी रुपैयाँ सम्म मात्र पर्ने समाचार स्रोतले बताएको छ ।

    नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

    नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ ।

     

    नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि। लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो ।
    प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ताबस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।

     

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त गरिएको छ ।सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकबाट कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

     

    ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

    इन्द्रध्वजा ठड्याएर आजदेखि काठमाडौँमा इन्द्रजात्रा सुरु

    काठमाडौँ । काठमाडौँ उपत्यकामा इन्द्रध्वजा ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु गरिएको छ । हनुमानढोका दरबार स्क्वायरमा आज बिहान इन्द्रध्वजा ठड्याएर  औपचारिक रूपमा इन्द्र जात्रा सुरु गरिएको हो ।वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइने  इन्द्रजात्रा काठमाडौँका मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्वपूर्ण जात्राको रूपमा मनाउने गरिन्छ ।

     

    इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन्  र सित र हुस्सुले वातावरणलाई छोपेर  कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती जनमानस रहेको छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।

    एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

    पर्वत  ।जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।

     

    विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् ।

    सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।

    ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । 

     

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

    यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस