काठमाडौँ । चीनबाट आयात गरिने घिउको मूल्यमा गिरावटका कारण आयातमा वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०८०/८१मा आयात भएको कुल परिमाण जति चालु आर्थक वर्षको पहिलो महिना साउनमै आयात भएको हो ।गत आवमा एचएसकोड ०४०५९०१० भएको घिउको चीनबाट कुल परिमाण ७ सय ५५ किलो आयात भएको थियो । चालु आवको पहिलो महिनामा ६सय २८ किलो आयोत भएको हो ।
गत आवको पहिलो महिना साउनमा आयात भएको घिउको आयात मूल्य (इम्पोर्ट्स भ्यालु) प्रतिकिलो १ सय ४२ रुपैयाँ ८५ पैसा बढी रहेको देखिन्छ । गत आवको साउन महिनामा चीनबाट २१ किलो आयात भएको घिउको आयात मूल्य ३ हजार रहेको र त्यसको भन्सार राजस्व (इम्पोर्ट्स रेभेन्यू) २ हजार रहेको छ ।सोही एचएसकोडको घिउ चालु आवमा ६सय २८ किलो आयात हुँदा आयात मूल्य प्रतिकिलो १ सय रुपैया ३१ पैसा बढी रहेको छ भने भन्सार राजस्व ५८ रुपैया ९१ पैसा बढी प्रतिकिलो घिउ प्राप्त भएको भन्सार विभागले प्रतिवेदनमा उल्लेख गरेको छ ।
चीनबाट आयात गरिने घिउको प्रतिकिलो मूल्य गत आवको साउन महिनाको तुलनामा आयात मूल्य ४२ रुपैया बढीले घटेको छ भने गत आवको असार महिनाको तुलनामा २० रुपैयाले घटेको छ ।भन्सार विभागले सार्वजनिक गरेको एकीकृत भन्सार महसुल दरबन्दीमा उक्त एचएसकोड अन्तर्गतको घिउको लाग्ने महशुल दर कुनै परिवर्तन गरिएको छैन् । जम्मा लाग्ने दर ५९.७० एकीकृत महसुल दरबन्दीमा प्रतिकिलो उल्लेख गरिएको छ ।यो दरबन्दीको भाग चारमा व्यवस्था गरिए अनुसार दुग्ध उत्पादन चराका फुलहरू प्राकृतिक महः अन्यत्र उल्लेख वा समावेश नभएका पशुजन्य खाद्य उत्पादनहरू अन्तर्गत एचएसकोड ०४०५९०१० अन्तर्गत घिउको दरबन्दी निर्धारण गरिएको छ ।