Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

आधारशिला बचत तथा ऋण सहकारी संस्था टिकाथलीको नयाँ नेतृत्वको घोषणा हुँदै


२०८१, असोज ३ बिहीबार

  • 627
    Shares

  • आधारशिला बचत तथा ऋण सहकारी संस्था टिकाथलीको नयाँ नेतृत्वको घोषणा हुँदै

    काठमाडौँ । आधारशिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ साधारण सभाबाट नयाँ कार्यसमितिको घोषणा हुने भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.५, टिकाथली खरिबोट चोक स्थित संस्थाको आफ्नै जग्गा कित्ता नं. ८९ क्षेत्रफल ५ आनामा बनेको भवनमा सञ्चालित  आधारशिला बचत तथा ऋण सहकारी संस्थामा  महिला ४९४ र  पुरुष ५३२ गरी कुल १ हजार २६ जना सदस्य रहेका छन् भने बाल बचतकर्ताको संख्या २सय ७७ जना रहेका छन् ।
    यो बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका १३,१४ र १५ वडाहरू रहेको छ ।संस्थाको वार्षिक प्रतिवेदन अनुसार स्वीकृत शेयर पुँजी ६ करोड, चुक्ता शेयर पूँजी ३ करोड ६० लाख ७७ हजार ५सय, जगेडा तथा अन्य कोष २ करोड ३७ लाख १७ हजार १ सय ३३, जोखिम कोष ९२ लाख १८ हजार ३९, स्थिर सम्पत्ति (घर÷जग्गा अन्य) २ करोड ६५ लाख ८८ हजार १ सय १०, बचत संकलन ३३ करो ३३ लाख ४६ हजार ५ सय ७१  र कर्जा लगानी ३१ करोड ५३ लाख ६१ हजार ५ सय १५ रुपैयाँ रहेका छन् ।

    आधारशिला बचत तथा ऋण सहकारी संस्थाकोे परिकल्पना  सहज, सबल, गतिशील, गुणस्तरीय, विश्वनीय सहकारी निर्माण रहेको छ भने यसले  सदस्यहरुलाई बचत गर्ने बानीको विकास र नवितम प्रविधिमा पहुंच तथा अभ्यस्त हुन अभिप्रेरित गर्ने, उत्कृष्ट सेवाको साथ सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक कार्यमा सहयोग गर्ने ध्येय लक्ष्य युक्त उद्देश्य रहेको छ ।सामुहिक विश्वास, सामुहिक जवाफदेहिता, सामुहिक उत्तरदायित्व, सामुहिक ऐक्यबद्धता, दिगोपना, साँस्कृतिक सम्मान, पारदर्शिता । सांँचो  अर्थमा प्रजातान्त्रिक एवं विवेकीय अभ्यास, सदस्य सेवा र संस्थागत सुशासनमा  प्रतिवद्धता आधारशिला बचत तथा ऋण सहकारी संस्थाका मूल्य मान्यता रहेका छन् ।

    २०८१/०४/३२ गते बसेको संचालक समिति बैठकबाट १४ औँ वार्षिक साधारण सभा गर्ने  निर्णय अनुसार आज बिहीबार सम्पन्न हुन गइरहेको सञ्चालक समितिका कोषाध्यक्ष डोरबहादुर कार्कीले बताएका छन् । कार्कीका अनुसार ईन्थ्राईन ईङलिस बोर्डङ्ग स्कुल परिसर, टिकाथलीमा साधारण सभाको आयोजना गरिएको छ । सभामा स्वंय उपस्थित हुने सदस्यहरूलाई यातायात खर्च वापत ३ सय उपलब्ध गराइने र संस्थाका सदस्यहरूका सन्तानहरू मध्येबाट उत्कृष्ट अंक ल्याएर शिक्षा आर्जन गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

    संयोजकत्वमा दामोदर कोइराला तथा अर्जुन कुमार प्रधान सदस्य रहने गरी गठित निर्वाचन समितिका अनुसार  उम्मेदवारी दर्ता गर्नेहरुको प्रथम सूची मिति २०८१÷०५÷३० गते प्रकाशन गरिएकोमा निर्वाचन कार्यक्रममा उल्लेखित समयवधिमामा  सो सूचीमा रहेका उम्मेदवार प्रति कुनै दाबी विरोध नभएको र कुनै उम्मेदवारले दरखास्त फिर्ता नलिएकाले सो अनुसारको निर्विरोध समिति गठन भएको घोषणा साधारण सभाबाट गरिने कार्यक्रम रहेको छ ।अध्यक्ष ,डोर बहादुर कार्की, उपाध्यक्ष राम बहादुर खड्का, सचिवसत्यवती थापा मगर राना, कोषाध्यक्ष ज्ञान बहादुर श्रेष्ठ संचालक सदस्यहरूमा   धन कुमार मैनाली ,सुवोध प्रसाद चौलागाई , सुधा कुमारी कंँडेल, लेखा संयोजक  झनक बहादुर श्रेष्ठ, लेखा सदस्यहरूमा सुजता पोखरेल र नारायण बहादुर थापा सहितको नयाँ कार्यसमिति बन्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस