Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार


नया सडक

२०८१, असोज ७ सोमबार

  • 93
    Shares

  • धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिव ३ बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता अरञ्जन अवाले हिरासतबाट ८ जना फरार भएको पुष्टि गरे। सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए।

    आज ९सोमवार० बिहान करिव सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएका हुन् । फरार मध्येहरुमा ५ जना लागुऔषध मुद्दाका अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।
    उनीहरुमध्ये अभद्र व्यवहारको मुद्दाका महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परेका छन् । अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् ।

    यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस