Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

श्रीलंकामा नयाँ राष्ट्रपति दिशानायकेले शपथ लिइरहेका बेला जनआन्दोलनबाट सत्ताच्युत गरिएका पूर्व राष्ट्रपति गोटाबाया नेपालमा


नया सडक

२०८१, असोज ७ सोमबार

  • 183
    Shares

  • श्रीलंकामा नयाँ राष्ट्रपति दिशानायकेले शपथ लिइरहेका बेला जनआन्दोलनबाट सत्ताच्युत गरिएका पूर्व राष्ट्रपति गोटाबाया नेपालमा

    काठमाडौँ । श्रीलंकामा नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले पद तथा गोपनीयताको शपथ लिइरहेका बेला जनआन्दोलनबाट पलायन भई सत्ताच्युत  भएका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौँ अवतरण गरेका छन् ।

    उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौँस्थित श्रीलंकाको दूतावाससम्बद्ध एक अधिकारीले जनाएका छन् । नाम नखुलाउने शर्तमा ती अधिकारीका अनुसार गोटाबाया व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएका छन् ।

    नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रम रहेको र उनको नेपाल भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।श्रीलंकामा सोमबार मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस