Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रुट परमिट खुला


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 138
    Shares

  • घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रुट परमिट खुला

    काठमाडौँ।  असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो। 

    उहाँका अनुसार रुट परमिट खुला गर्ने निर्णय भए पनि यदि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने सो बन्देज कायमै रहने छ।   

     

    प्रतिक्रिया दिनुहोस