काठमाडौं । नेपाल लाइप् इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ हजार ९४५ कित्ता संस्थापक शेयर असोज १३ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुका लागि लिलामीमा ल्याइएको होे ।
स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता १८५ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याइएको हो । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज २० गते कार्यलय समयभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्दै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।