Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

सहकारी ठगीको कसुरमा फरार अभियुक्त बाग्लुङका मेयर देवकुमारी नेपाली नयाँ दिल्लीबाट काठमाडौँ ल्याइए

सहकारी ठगीको कसुरमा फरार अभियुक्त बाग्लुङका मेयर देवकुमारी नेपाली नयाँ दिल्लीबाट काठमाडौँ ल्याइए

  • काठमाडौँ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका  इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।५१ वर्षीय नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि शनिबार काठमाडौँ ल्याइएको  हो ।

    उनीहरु दुवै जना सहकारी ठगीको कसुरमा फरार अभियुक्त रहेकाले उनीहरू विरुद्ध  १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij