काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको असोज २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले बुधबार असोज १६ गते बुक क्लोज ।गर्दैछ ।