Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने  यातायात व्यवसायीको तयारी

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने  यातायात व्यवसायीको तयारी

  • काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशभरको राजमार्ग बिग्रिएसँगै अग्रिम टिकट बन्द गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।

    जसको लागि व्यवसायीले आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गराउने उनले बताए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार ९१२ असोज० देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चालन गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । कुनै कुनै ठाउँमा एकतर्फी बाटो खुले पनि दुवैतर्फ सञ्चालन ल्याउन कठिन छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij