काठमाडौं ।बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको खुट्टामा गोली लागेको हो। गोली लागेपछि उनलाई एक अस्पतालमा भर्ना गरिएको छ। यो घटना मंगलबार बिहान ५ बजेको हो।
गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको थियो।