काठमाडौँ ।नरदेवी अस्पतालका निर्देशक डा रामदेव यादवले आफ्नो निजी क्लिनिकमा बोलाएर बिरामी ठग्ने गरेको खुलेको छ । शल्यचिकित्सा(सर्जरी)को औपचारिक डिग्री नलिएका निर्देशक डा. रामदेव यादवले सर्जरी पनि गर्ने गरेका हुन् ।उनले गरेको सर्जरी सफल नभएपछि बिरामी ठग्ने धन्दा शान्तिनगरमा केशव आयुर्वेदिक सिर्चर सेन्टर नामको क्लिनिक खोलेर गरिरहेको खुलेको हो ।उनको उपचारबाट पीडित भएका संखुवासभाका ४४ वर्षीय ज्ञानबहादुर राईले यस्तो खुलाए ।
३ हजारमै अन्यत्र फिस्टुलाको शल्य चिकित्सा सम्पन्न हुने गरेकोमा निर्देशक डा. यादवले उपचारका लागि २५ हजार शुल्क तोकेर शल्यक्रिया गरे । पीडित राईले १३ हजार बुझाएपछि डा. यादवले शान्तिनगरको क्लिनिकमा उनको शल्यक्रिया गरे ।फिस्टुलाको सर्जरी गराएपछि ड्रेसिङका लागि अन्यत्रको एक क्लिनिकमा जाँदा उनको अर्को फिस्टुला बाँकी नरहेको उनले थाहा पाए । उपचार पश्चात् १५ दिनमा नै पुरानो अवस्था फर्कन सकिने विश्वास दिलाएका डा यादवको दुखाई बढेको भन्न जाँदा समस्याको जटिलता बुझ्दै न बुझी मलम दिएर निको हुने भनी फर्काएको पीडित राईले बताएका छन् ।
आफूमा अर्काे फिस्टुला पनि रहेको जानकारी भएपछि पीडित राईले डा. यादवलाई त्यसको जानकारी गराउँदा त्यो पनि आफैले गर्ने बताएका थिए । तर राईलाई डा. यादवको विश्वास लागेन् । उनी फेरि उपचार गराउन नरदेवी पुगे । त्यहाँ पुगेर उनले डा. सिजन कोजुसँग स्वास्थ्य चेकजाँच गराए । त्यहाँ उनले डा. यादवको बारेमा सोधे अनि बल्ल थाहा भयो उनी सर्जन भने रहेनछन् ।
नरदेवीकै अर्का चिकित्सक डा. नेत्र बस्नेत र डा. सिजन कोजुले मिलेर आफ्नो दोस्रो फिस्टुलाको शल्य क्रिया गरेको पीडित राईले नयाँ सडकसँगको कुराकानीमा बताए ।
अहिले दुखाई कस्तो छ भनी सोधिएको प्रश्नको जवाफमा पीडित राईले अहिले दुखाइ घट्दै र घाउ सुकेपछि डा. यादवकोमा गएर यस्तो किन गरेको सोध्ने बताए ।
त्यसपछि कहाँ के कस्तो उजुरी गर्नुपर्ने हो त्यो गर्ने पीडित राइले बताए ।
यस विषयमा डा. यादवले नयाँ सडकडटकमबाट बोलेको भनेपछि पछि फोन गर्छु भनी फोन राखेका थिए । त्यसपछि फोन सम्पर्क गर्न खोज्दा उनले सम्पर्कमा आउन चाहेका छैनन् ।डा. यादवले शान्तिनगरको केशव आर्युवेदिक रिसचर सेन्टरको बारेमा जानकारी गराइरहेको एक भिडियो सन्देशमा आफू आर्युवेदका विभिन्न डिग्री लिएको र पञ्चकर्मको विज्ञ भएको दाबी गरेका छन् ।