क्यानबेरा ।अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा आवेदनको संख्या करिव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो संख्या सन् २०२३ को अगस्ट ९३० हजार ७०३० को आधा हो ।
अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा १८ हजार ६९७ विद्यार्थीहरुले आवेदन दिएका थिए । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरुले आवेदन हालेका थिए । हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलर बाट बढाएर एक हजार ६०० अष्ट्रेलियाली डलर बनाएको छ ।
सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रुपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरुमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो ।
नयाँ तथ्यांकअनुसार अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरु जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६।४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ । यसैगरी, फिलिपिन्सको आवेदन संख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा सबैभन्दा धेरै अष्ट्रेलिया जाने चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशत भन्दा कमले घटेको छ । अष्ट्रेलिया विश्वविद्यालयहरुको सर्वोच्च निकाय ९युनिभर्सिटिज अस्ट्रेलिया० ले विश्वविद्यालयहरुलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौं डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरुप उच्च शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुम्नेछन् ।