Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

पशुपति गौशाला धर्मशालाको आठ दशक पुरानो सञ्चालन जिम्मेवारी मारवाडी सेवा समितिको कायम हुन सकेन, जिम्मेवारी पशुपति क्षेत्र विकास कोषमा आयो


नया सडक

२०८१, असोज १७ बिहीबार

  • 327
    Shares

  • पशुपति गौशाला धर्मशालाको आठ दशक पुरानो सञ्चालन जिम्मेवारी मारवाडी सेवा समितिको कायम हुन सकेन, जिम्मेवारी पशुपति क्षेत्र विकास कोषमा आयो

    काठमाडौँ  । वि.सं. १९९७ देखि मोहीको रूपमा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् अन्तर्गत  आएको छ ।काठमाडौँ जिल्ला अदालतले सो विषयको विवादमा २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिए पछि सो जिम्मेवारी परिवर्तन भएको हो ।गौशाला चोकमा रहेको पशुपति गौशाला धर्मशाला  १९९७ साल देखि मोही रहेको र त्यसको सञ्चालन  मारवाडी सेवा समिति नेपालले गर्दै आएकोमा हाल उक्त सम्झौता खारेजी भएपछि त्यसको जिम्मेवारी फेरिएको हो ।आठ दशकदेखि धर्मशालाको सञ्चालन जिम्मेवारी पूरा गर्दै आएको मारवाडी सेवा समिति अब त्यो जिम्मेवारीबाट हटेको हो ।

    पछिल्लो समय हालको पशुपति विकास कोषसँग मारवाडी सेवा समितिको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता २०६०मा गरिएको थियो । त्यो सम्झौतासम्बन्धी विवादमा भएको काठमाडौँ जिल्ला अदालतको फैसलाबाट सञ्चालन जिम्मेवारी फेरिएको हो ।  काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । 

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । मारवाडी सेवा समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा दायर गरेको मुद्दामा यस्तो फैसला भएको हो ।  मारवाडी सेवा समितिले सो सम्झौता अनुसार पछिल्लो २१ वर्षदेखि गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा रहेको धर्मशालाको जिम्मेवारीको दाबी नपुग भएपछि त्यसको जिम्मेवारी पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले धर्मशालाको व्यवस्थापन निरन्तर जारी रहने बताएका छन् ।पशुपति विकास कोषले सम्झौतालाई समयानुकूल गर्न मान्दा भएको विवादमा मारवाडी सेवा समितिको जिकिरलाई अदालतले नमानेको हो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस