काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् । शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् ।