Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक ११ गते , ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने


नया सडक

२०८१, असोज १८ शुक्रबार

  • 342
    Shares

  • मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक ११ गते , ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

    काठमाडौैं । मारूती सिमेन्ट्स लिमिटेडले कात्तिक ११ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्र्टर्ड कार्यालय ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।

    साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाख रुपैयाँभन्दा माथीका रकम अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस