Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र


नया सडक

२०८१, असोज १८ शुक्रबार

  • 360
    Shares

  • एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

    चौतारा (सिन्धुपाल्चोक)। जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो ।

    विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ । यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताउनुभयो । जिल्ला फुटबल स¬ङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गर्नुभयो ।रासस)

    प्रतिक्रिया दिनुहोस