Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

दशैँका लागि खसीबोका र च्याग्राको बिक्री खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा खुला


२०८१, असोज २० आइतबार

  • 435
    Shares

  • दशैँका लागि खसीबोका र च्याग्राको बिक्री खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा खुला

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा खसीबोकाको बिक्री सुरु गरेको हो । यसैगरी च्यांग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री गरिरहेको छ ।

    खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्यांग्रा  ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापाथली स्थिति प्रादेशिक  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरूले बताएका छन् ।चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्यांग्रा  खरिद गरेर बिक्री गर्ने गरेको छ । कम्पनीले यो दशैँमा खसी बोका १५ सय र च्यांग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य लिएको सिनियर अफिसर पवन शाहले नयाँ सडकसँगको कुराकानीमा बताए ।

    प्रतिक्रिया दिनुहोस