काठमाडौं । चार्टर्ड क्यापिट एण्ड इन्भेष्टमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा आगामी कात्तिक ९ गते हुने भएको छ । सभा एवान क्याफे पार्टी भेन्यू सरस्वतीनगर-६, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।