Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

यसपालि दसैँमा पनि वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग


नया सडक

२०८१, असोज २१ सोमबार

  • 507
    Shares

  • यसपालि दसैँमा पनि वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ 

    महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो । “यसपटक मनसुन बाहिरिने समय र दसँै एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ यो दसँैमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

    प्रतिक्रिया दिनुहोस