Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सुशासन र रोजगारीसम्बन्धी चुनौती समाधान गर्न प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलको सुझाव

सुशासन र रोजगारीसम्बन्धी चुनौती समाधान गर्न प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलको सुझाव

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन र रोजगारीसम्बन्धी  चुनौतीको समाधान गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा राष्ट्रपति पौडेलले गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिँदै यस्तो बताएका हुन् ।

    संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्यसबारे  जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी सार्वजनिक गरेका छन् ।गाउँ गाउँमा आधारभूत सुविधाहरू पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको विषयमा  सरकारले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले  प्रधानमन्त्रीको ध्यानाकर्षण गरे ।

    राष्ट्रपति पौडेलले हालै आएको बाढी पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका कामलाई तिव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गर्न कुनै कसर बाँकी नराखिने बताए ।लोकतन्त्रलाई अझै सुदृढ बनाउन दुईवटा ठुला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा ध्यानकेन्द्रित गरेको प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई विश्वास दिलाए ।

    सो क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराएका थिए । महासभामा नेपालले समुद्र सतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको बताउादै  प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्वपूर्ण साइडलाइन वार्ता गरेको पनि जानकारी गराएका थिए । राष्ट्रपतिसँगको सो भेटमा परराष्ट्रमन्त्री आरजु राणालगायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij