Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 144
    Shares

  • भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

    जानकी (बाँके)।  बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ । भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो ।

    सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिनुभयो । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिनुभयो । (रासस)

    प्रतिक्रिया दिनुहोस