काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७७ विन्दुले बढेको छ । यससँगै सूचक २६९२.४९ अंकमा आएको छ । १४ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको २७ सय २० कित्ता सेयर कारोबार भएको छ ।
१९ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।