Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 393
    Shares

  • जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी

    जुम्ला । जुम्लाको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज २४ फूलपातीका दिन सातौँ जुम्ली घोडा दौड प्रतियोगिता हुने कर्णाली खेलकुद क्लबका उपाध्यक्ष नवीन थापाले जानकारी दिनुभयो । दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलार्ई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

    यसका लागि गुठिचौर गाउँपालिका र पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले आर्थिक सहयोग गरेका छन् । अहिलेसम्म ४५ वटा घोडा दर्ता भइसकेको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको हो । “हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहकै सरकारले आवश्यक सहयोग गरेका छैनन्”, पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बढ्थापाले भन्नुभयो, “दौडले पुरानो संस्कृतिलाई बचाइराख्न मद्दतसमेत गर्छ । घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदैआएको छ ।” यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गर्ने गरिएको थियो । विमानस्थल कालोपत्र गरिएयता घोडा दौड प्रतियोगिता त्यहाँ आयोजना गर्न रोकिएको हो ।रासस)

    प्रतिक्रिया दिनुहोस