Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

हेटौडा र काठमाडौँ जोड्ने सबै आधा दर्जन बाटो सञ्चालनमा आए


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 162
    Shares

  • हेटौडा र काठमाडौँ जोड्ने सबै आधा दर्जन बाटो सञ्चालनमा आए

    हेटौडा । हेटौडा काठमाडौँ जोड्ने सबै  बाटो सञ्चालनमा आएका छन् ।मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको हो । हेटौडा र काठमाडौँलाई जोड्ने आधा दर्जन मार्ग सन्चालनमा आएका छन् ।

    १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै पुनः सञ्चालनमा आएपनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ यातायात सेवा बन्द थियो ।द्रुत मार्ग निर्माणमा संलग्न रहेका नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक निर्माण गरिएको छ ।

    भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी सार्वजनिक गरे । बागमती गाउँपालिकाका स्थानीयहरूका अनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालनमा छ ।बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सेवा बन्द भएको थियो । हेटौडा  र काठमाडौँलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण बाटो हो । 

    हेटौडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौँ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौँ गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौडालाई धादिङ नौबिसे हुँदै काठमाडौँ जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ ।

    प्रतिक्रिया दिनुहोस