Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 534
    Shares

  • सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि

    काठमाडौँ । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि गरिएको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य वृद्धि गरिएको जनाएको हो ।

     सो सूचनामा  सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धी कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले ७ सय रुपैयाा सम्म मूल्य वृद्धि गरिएको जनाएको हो । राष्ट्रबैंकका अनुसार राष्ट्र वैंक स्वण बैंक र रोटरीको १०० वर्षको अवसरमा निकालिएका ३५ ग्रामर्को  सिक्काको मल्यमा सबै भन्दा बढी ७ सय रुपैया वृद्धि गरिएको छ । यस्तै  एउटा सिक्काको (३१.१ ग्रामको) ६ सय ५० रुपैयाँसम्मले मूल्य बढाएको हो ।

    राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ६ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९सय ५० रुपैयाँ पु¥याइएको छ । यसैगरी ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यसैगरी मारवाडी सेवा समितिको १८ ग्रामको असर्फीमा ३ यस ६० रुपैया वृद्धि गरी ४ हजार पु¥याइएको छ ।  ।

    प्रतिक्रिया दिनुहोस