Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

अर्थतन्त्रको समग्र सुधार गर्न पूर्व अर्थसचिव खनालको अध्यक्षतामा सरकारद्वारा आयोग गठन

अर्थतन्त्रको समग्र सुधार गर्न पूर्व अर्थसचिव खनालको अध्यक्षतामा सरकारद्वारा आयोग गठन

  • काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधार गर्न  रायसहित प्रतिवेदन पेश गर्न एक पूर्व अर्थसचिवको नेतृत्वमा एक आयोग गठन गरेको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा उक्त आयोग गठन गरिएको बताएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको जानकारी दिने बेला मन्त्री गुरूङले पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरिएको बताए ।

    मन्त्री गुरूङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार गर्न रायसहित प्रतिवेदन पेश गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको भने ।निजी क्षेत्रले लामो समयदेखिको माग सम्बोधन गर्न उक्त उच्चस्तरीय आयोग गठन गरिएको देखिएको छ । निजी क्षेत्रले यसको माग लामो समयदेखि गर्दै आएका थिए ।

    आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालसमेत रहेका छन् ।आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्ष तथा सरोकारवालाहरूसँग परामर्श लिने गरी गठन गरिएको उक्त आयोग अर्थ मन्त्रालयको एक सय दिनको योजनामा  समावेश थियो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij