काठमाडौँ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को बिन्दुमा उक्लिएको हो । आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भयो ।
आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको शेयरमूल्य बढेको छ । १सय२ कम्पनीको शेयरमूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।