Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असोज २३ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, असोज २३ बुधबार

  • 378
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असोज २३ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असोज २३ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू।...

    लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरेको हो ।

     

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि प्रत्याभूतिकर्ता नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । खरीद प्रत्याभूति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट तथा आरबिबि म्युचुअल फन्ड १ लाई सोमवार नियुक्त गरेको हो ।

    अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड

    काठमाडौं । नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग श्री जय अम्बे स्टील्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । वार्षिक ४० अर्ब कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

     

    अम्बे स्टील्स र एनआइएमबी एस क्यापिटलका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । यसको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् ।

    शेयर बजार :आज नेप्से परिसूचक ४.८५ले बढेर २६६८.१७मा ,८३ लाख १२ हजारभन्दा बढी कित्ता सेयर कारोबार

    काठमाडौँ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को बिन्दुमा उक्लिएको  हो । आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भयो ।

     

    आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको शेयरमूल्य बढेको छ । १सय२ कम्पनीको शेयरमूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    शेयर धितो कर्जामा ऋणीलाई प्रोडक्ट पेपरमै मार्जिन कल सम्बन्धी व्यवस्था उल्लेख गनुपर्ने व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले शेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

     

    यसैगरी शेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको छ ।

    युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ । युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  । युनिलिभर नेपालले असोज २८ गते र सिटिजन्स बैंकले असोज २९ गते बुक क्लोज गर्दैछन् । 
    युनिलिभर नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा डाकेको छ । सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

    अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।

     

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

     

    साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

    प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज उद्घाटन गर्नुभएको छ ।

     

    कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताउनुभयो । उहाँले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुनेगरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उहाँको भनाइ थियो ।

    सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

    वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ । 

     

    सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिनुभयो ।

    उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र र ६ महिनाको कार्य शर्त प्रदान

    काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ । 

     

    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरु र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    आयोगको कार्य समय ६ महिनाको तोकिएको छ ।

    नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।

     

    गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।

    राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ ।

    नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उहाँका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो ।

    कृत्रिम बौद्धिकता ‘एआई’ सूचना प्रविधियुक्त आइफोन सिक्सटीन सिरिजका आइफोनहरू नेपाली बजारमा आयो

    काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा अहिलेसम्मकै नयाँ कृत्रिम बौद्धिकता अर्थात ‘एआई’ प्रविधियुक्त आइफोन सिक्सटीन  सिरिजका आइफोनहरू  नेपाली बजारमा आइपुगेको छ ।एप्पल कम्पनीले ‘आइफोन सिक्सटीन (१६) ’ सिरिज  एक महिना अघि सार्वजनिक गरेको थियो । त्यसको एक महिना पछि नेपाली बजारमा उपभोक्ताले आइफोन सिक्सटीन किन्न पाउने भएको हुन् । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन सिक्सटीन सिरिज सार्वजनिक गरिएको थियो।

     

    नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट हो ।जेनेरेशन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले नेपाली बजारमा आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  आजैबाट देशरभर किन्न पाउने भएको जनाएकी छिन् ।निर्देशक भिमसरियाका अनुसार  नेपालभर आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  नेपाली उपभोक्ताले देशभरका स्टोरहरूबाट किन्न पाउनेगरी पठाइसकिएको छ ।

    दसैँ अविधमा यस्तो छ मौसम

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।  

     

     

    उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी ९२४ गते०, अष्टमीरनवमी ९२५ गते० र दशमी ९२६ गते० का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ ।

    निर्माण व्यवसायीले समयमै काम नगर्दा ३३ ठूला आयोजना अलपत्र

    काँक्रेविहार। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । 

     

    बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना अलपत्र परे पनि प्रदेश सरकार बेखबर बन्दै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले गुनासो गरे । आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९४.८० किलोमिटर सडक कालोपत्र गरेको छ । 

    सबैभन्दा बढी सुर्खेतमा ३०.३३ किमी, दैलेखमा ९.६, जुम्लामा २.६३, सल्यानमा १७.३ किमी, रुकुमपश्चिममा २० मिटर, कालिकोटमा १.१६६ किमी, मुगुमा ०.३ मिटर, जाजरकोटमा ०.४४ किमी र सडक कार्यालयले १२।४ किलोमिटर गरी जम्मा ९४.८० किलोमिटर सडकमा पिच गरिएको छ । हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन ।  कर्णालीका १० जिल्लामा १८६.६ किलोमिटर ग्राभेल सडक निर्माण भएको सूचना अधिकारी कार्कीले राससलाई जानकारी दिए । हालसम्म अठारवटा सडकमा पुल निर्माण भएको बताएको छ ।

    कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको १५ बुँदे स्पष्टीकरण

    काठमाडौं। उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् ।

     

    कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।

    यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकरावमा उत्रिएका कुलमान घिसिङलाई हटाउने उदेश्यले यो स्पष्टिकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो ।

    विश्व बैंकद्वारा सरकारलाई बाढी पहिरोको विपतसँग लड्न झण्डै २० अर्ब रुपैयाँ बराबरको ऋण सहयोग अनुमोदन

    काठमाडौँ । विश्व बैंकले   हालैको बाढीपहिरो पीडितका लागि करिब २० अर्ब रुपैयाँ (१५करोड अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।बाढी पहिरोबाट पुगेको क्षतिग्रस्त संरचना पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उक्त रकम ऋण सहयोग प्रदान गर्ने निर्णय गरिएको विश्व बैंकको विज्ञप्तिमा भनिएको छ ।

     

    बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गरेको छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन पाउने जनाइएको छ ।नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले  नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको बताएका छन् ।साथै उनले नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्ने बताए ।

    दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ ।

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराउनुुभयो । उहाँले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गर्नुभयो ।

    प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा रु ६० लाख हस्तान्तरण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण  गरेको छ । 

     

     

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गर्नुभयो । 

     

    कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।   

    चालु आवको दुई महिनामा ७ अर्ब बढीको बिजुली निर्यात

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब बढीको बिजुली निर्यात भएको छ ।नेपाल विद्युत प्राधिकरणले साउन भदौमा गरी भारतलाई ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली बेचेको हो ।

     

    नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारतलाई बेचेको छ ।प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो भने भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात ग¥यो ।

    काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

    काठमाडौँ ।काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । 

     

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । 

    विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

    सुनको मूल्य तोलामा १००० रुपैयाँले घट्यो , प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ

    काठमाडौं। यो ४ दिनमा सुनको भाउ २२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १९ सय रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस