Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

हेटौँडा -काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह


नया सडक

२०८१, असोज २७ आइतबार

  • 453
    Shares

  • हेटौँडा -काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

    इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताउनुभयो । 

    कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उहाँले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस