Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

काठमाडौँ सिन्धुली बर्दिबास जोड्ने बीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने


नया सडक

२०८१, असोज २८ सोमबार

  • 732
    Shares

  • काठमाडौँ सिन्धुली बर्दिबास जोड्ने बीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने

    काठमाडौँ  छ । बीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

    दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या रहेकोले त्यसो गर्न नसकिएको हो ।

    सोमाबार साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी सार्वजनिक गरेका छन् ।

    भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम रहेकै छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरिएको छ । बीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस