Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन स्वास्थ्य संस्थामा शिशुु स्वागत घर


नया सडक

२०८१, असोज २९ मंगलबार

  • 315
    Shares

  • सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन  स्वास्थ्य संस्थामा शिशुु स्वागत घर

    म्याग्दी।  म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशुु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।

    “सुुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक÷एक वटा कोठामा शिशुु स्वागत घर बनाएका छौँ”, उहाँले भन्नुभयो, “शय्या, विस्तारा, भाँडाकँुडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्यचौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो । धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुुत्केरी हुुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्ष २०८०/८१ मा धवलागिरिमा ९१ जना सुुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुुत्केरी भएका हुुन् ।

    जोखिम मोलेर घरमै सुुत्केरी हुने अवस्था अन्त्यगरी मातृृशिशुु मृत्युुदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले बताउनुभयो । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पु¥याउनका लागि समन्वय गर्न पनि सहज हुने उहाँले बताउनुभयो । धवलागिरिका सातवटै स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ । सुुरक्षित प्रसूति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा, अण्डा, पोषिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुनमगरले बताउनुुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस