Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आज कामना सेवा विकास बैंकको साधारण सभा , १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव


नया सडक

२०८१, असोज ३० बुधबार

  • 345
    Shares

  • आज कामना सेवा विकास बैंकको साधारण सभा , १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

     

    काठमाडौं । कामना सेवा विकास बैंकको वार्षिक साधारण सभा आज बुधबार असोज ३० गते बस्दैछ । सभा, लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

    बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । त्यस्तै, सभामा तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।  

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस