Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

हिमालय उर्जाको लिलामी सेयर बाँडफाँट


नया सडक

२०८१, असोज ३० बुधबार

  • 327
    Shares

  • हिमालय उर्जाको लिलामी सेयर बाँडफाँट

     

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । 

    जसमा न्यूनतम १७१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म ९९ लाख (१०० प्रतिशत) कित्त हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । 

     

    प्रतिक्रिया दिनुहोस