Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा  सिटिजन्स क्यापिटल


नया सडक

२०८१, असोज ३० बुधबार

  • 453
    Shares

  • दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा  सिटिजन्स क्यापिटल

    काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । 

    बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन । 

    दाउन्ने एग्रो फार्म वि।स। २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो । यस कम्पनीले ४,००,००० लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन “एन्टिबायोटिक फ्री”एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी,अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।

    उक्तफार्मले भविष्यमा कुल ६,००,००० कुखुराबाट प्रति दिन २,६०० कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म विनयीत्रिवेणी गाँउपालिका वडा नं। ३, सर्दी, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा अवस्थित छ ।

    प्रतिक्रिया दिनुहोस