Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नागढुंगा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति पूरा हुन अब २० प्रतिशत भन्दा कम बाँकी , पूरा नहुँदै बाढी पहिरोको बेलादेखि आयोजनाको महत्व बढ्यो

नागढुंगा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति पूरा हुन अब २० प्रतिशत भन्दा कम बाँकी , पूरा नहुँदै बाढी पहिरोको बेलादेखि आयोजनाको महत्व बढ्यो

  • काठमाडौँ ।  निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पूरा भएको छ ।आयोजनाले सार्वजनिक गरेको नयाँ  विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको हो  । साथै आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ ।आयोजना अन्तर्गत गर्नुपर्ने  सुरुङतर्फको काम पूरा भएको छ । सुरुङतर्फका काम अन्तर्गत सुरुङ खन्ने र कंक्रिट लाइनिङको काम समेत सकिएको छ । यहाँ २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ छ ।यो आयोजनाको काठमाडौँतर्फको भागमा अन्डरपास, बक्स कल्भर्ट, पुल, ओभरपास र फ्लाइओभरको काम जारी छ । यो बाँकी काम भौतिक प्रगति अन्तर्गतको २० प्रतिशत रहेको देखिएको छ ।
    असोज दोस्रो साता आएको बाढी र पहिरोले काठमाडौँ–मुग्लिन सडक खण्ड बन्द भएको बेला सुरुङ मार्ग प्रयोग गरी यातायात र यात्रु उद्धार गरिएको थियो । सो बाढी पहिरोले बाटो अवरुद्ध हुँदा  गरिएको उद्धार कार्यका कारण  यो आयोजनाको महत्व झन  बढेर गएको छ ।यो आयोजनाको सन् २०१४ मा  अध्ययन भएर  २०१६ मा स्रोत सुनिश्चित भई २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यो आयोजनामा काम पाएको थियो । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको कम्पनी मानिएको छ ।

    जापान सरकारको सहयोगमा  डिजाइन भएको नागढुंगा सुरुङमार्गको करबाहेक साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । सुरुङसम्म पहँुचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ ।गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुनेछ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथिको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij